कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बुधबार बाणगंगा नदीको रामघाट, लक्ष्मणघाट र नदीका विभिन्न स्थलहरूमा परम्परागत मेला आयोजना भएको छ। रामघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा, हदौना, सन्तघाट र सीताघाटमा जम्माका १२ हजारभन्दा बढी श्रद्धालुले बिहानै सामूहिक स्नान गरेका छन्।
मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष आएको श्रद्धालुहरूको संख्या विगतमा भन्दा बढी रहेको जानकारी दिएको छ । मेलामा भारतको सोहरतगढ, तुलसीपुर, अलीगढवालगायतका स्थानका साथै दाङ, रुपन्देही, अर्घाखाँची र आसपासका जिल्लाका मानिस पनि उपस्थित छन् ।
भक्तजनहरूले मंगलबार रातिदेखि नै रामघाटमा जम्मा भएर रातभर जाग्राम बसेर भजन–कीर्तन गरेका थिए । धार्मिक विश्वासअनुसार यस दिन नदीमा स्नान गरी पूजा गरेपछि पाप नाश भएर पुण्य प्राप्त हुनेछ ।