भकारी भर्न ठिक्क धान खेतमै स्वाहा !

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

सर्लाहीको बरहथवा नगरपालिका– १४, हरपुर्वाका हरेन्द्र महतोको खेतमा बेमौसमी वर्षाले भिजाएको धान । दुई बिघामा धान रोपेका उनले गत मंगलबार १० कट्ठाको काटेका थिए ।

तर, बिहीबारबाट निरन्तर पानी परेपछि ताल परेको खेतमै धान डुबेको छ । शनिबार साँझसम्म पनि पानी परिरहेको थियो । ‘वर्ष दिन गुजारा चलाउनुपर्ने अन्न स्वाहा भयो, अब कसरी परिवारको पेट पाल्ने ?’ महतोले चिन्ता व्यक्त गरे ।

महतोको जस्तै हालत छ सयौँ किसानको । बरहथवा– १४ कै विनोद यादवदेखि बागमती नगरपालिका– ११ का यज्ञ धिमालसम्मको खेतमा काटेको धान यसैगरी डुबेको छ । 

See More On

सुझावित समाचार