भारतीय महिला क्रिकेट टोलीले तेस्रोपटक एकदिवसीय विश्वकपको फाइनल स्थान पक्का गरेको छ । भारतले बिहीबार राति साबिक विजेता अस्ट्रेलियामाथि पाँच विकेटको सानदार जित निकाली सन् २०१७ पछि फाइनल स्थान पक्का गरेको हो ।
अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर तीन सय ३८ रनको विशाल योगफल खडा गर्यो । प्रत्युत्तरमा भारतीय महिला टोलीले इतिहासमै पहिलोपटक सर्वाधिक लक्ष्य पछ्याउँदै ४८.३ ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ३८ रन जोड्यो ।
भारतको जितमा रोड्रिग्वेजले नटआउट एक सय २७ रनको योगदान दिएकी थिइन् । यसैगरी, हर्मितले ८९ रन बनाइन् । महिला विश्वकपमा अस्ट्रेलिया आठ वर्षपछि पराजित भएको हो । विश्वकपमा अस्ट्रेलियाले लगातार १५ खेल जितेको थियो । सन् २०१७ मै भारतले अस्ट्रेलियालाई सेमिफाइनलमा पाखा लगायो ।