पाकिस्तानका क्रिकेटर बाबर आजम टी–२० इन्टरनेशनलको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। यसअघि दोस्रो स्थानमा रहेका आजमले शुक्रबार भएको दक्षिण अफ्रिकाविरुद्धको खेलपछि रोहित शर्मालाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका छन्।
शुक्रबारको खेलमा उनले ११ रनमा अविजित भई खेलेका थिए। १३० टी–२० इन्टरनेशल खेलेका बाबरले ४२३४ रन बनाएका छन्। १५९ खेल खेलेका रोहित शर्माले ४२३१ रन जोडेका छन्। तेस्रो स्थानमा रहेका भारतका विराट कोहलीको ४१८८ तथा चौथो नम्बरमा रहेका इंल्याण्डका जोस बटलरको ३८६९ रन रहेको छ ।