जेन-जी आन्दोलन जाँचबुझ आयोग कञ्चनपुरमा

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

गत २३ र २४ भदौ जेन-जी आन्दोलनबाट भएको घटनासम्बन्धी जाँचबुझ आयोग कञ्चनपुर पुगेको छ । बिहीबार कञ्चनपुर पुगेको टोली केही क्षतिग्रस्थत अध्ययनका  लागि टोली जिल्ला पुगेको हो। 

आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारी नेतृत्वमा आएको टोलीले एमाले पोलिट्ब्युरो सदस्य एवं पूर्वसुप प्रदेशका मुख्यमन्त्री, कृष्णपुर नगरपालिका, प्रशासनसहितका क्षतिग्रस्त संरचनाको स्थलगत अनुगमन गरेका छन । 
साथै आयोगका  सदस्य भण्डारी नेतृत्वमा जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय प्रमुख एवं सरोकारवालासँग छलफल गरेको छ। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आयोगले क्षतिग्रस्थ संरचनाहरूको प्रतिनिधिमूलक अध्ययन गरेको र त्यसअघि जिल्लाबाट क्षतिको विवरण पठाइसकेको बताए।

मेलौली होजियारी उद्योगका सञचालक धनसिंह पुजाराले २५ वर्ष भारतमा सिकेको सिप नेपालमै सदुपयोग गर्नका लागि उद्योग सञ्चालन गरे पनि आन्दोलनकारीले जिसस कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको घर भत्दै आगजनी गरिदिएको दुखेसो पोखे। 

बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराको घरमा न्यू रोयल टेलरिङका सञ्चालक सुरेन्द्र सिनालले आगजनीबाट आफ्नो रोजीरोटी विस्थापित बताए । 

कृष्णपुर नगरका मेयर हेमराज ओझाले जेन-जीका नाममा हिंसा, लुटपाटमा संलग्नमाथि कारबाही कहिले हुन्छ भन्दै प्रश्न गरेका छन्।

मेयर ओझाले नगरपालिकासहित आफ्नो भाइको घरमा लुटपाट, तोडफोड गरिदिएको बताए। बेदकोट नगरका मेयर भोजराज बोहराले जेन-जीका नाममा अमानवीय गतिविधि, अराजकता मच्चाउनेमाथि कारबाही गर्नुपर्ने बताए।

जाँजबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले आयोगले अध्ययन गरेको बताए। उनले क्षतिपूर्तिसहितका विषयमा सरकारलाई सिफारिस गर्ने बताउँदै दण्डहीनता न्यूनीकरणका लागि आयोगले सरकारलाई सचेत गराउने बताए। 

 

सुझावित समाचार