एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने भएको छ ।
१२ कात्तिकमा भएको बैंकको ३१औँ वार्षिक साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको हो ।
साधारणसभाले आव ०८२/८३ का लागि जिपी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्तावसमेत सर्वसम्मतबाट पारित गरेको छ ।