जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी गर्ने तथा प्रहरीको पोसाक लगाउने तीनजना पक्राउ परेका छन्।
सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर नगरपालिका- ४, तालिनचोक बस्ने १८ वर्षका रिहान गुरुङ, नुवाकोट घर भई हाल गोकर्णेश्वर नगरपालिका- ५ ,जोरपाटी बस्ने १८ वर्षका समीर श्रेष्ठ र रामेछाप घर भई हाल काठमाडाैं जिल्ला गाेकर्णेश्वर नगरपालिका- ५, जोरपाटी बस्ने वर्ष १७ का दिवस बस्नेत छन्। बाैद्ध वृत्तको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका- ४, तालिनचोकबाट पक्राउ गरेको हो। उनीहरूले २४ भदौमा बौद्ध वृत्तलगायतका प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेको भिडियोका आधारमा खुलेपछि पक्राउ परेका हुन्।