राजनीतिक दल र जेन–जीका प्रतिनिधिसँग प्रधानमन्त्रीले भनिन्– मुलुक हाम्रो हो, हामीले नै बनाउने हो

बुधबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले सबै पक्ष मिलेर देश बनाउनुपर्नेमा जोड दिएकी छिन्। बुधबार बालुवाटारमा आयोजित सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिबिचको त्रिपक्षीय छलफल कार्यक्रममा उनले यस्तो आग्रह गरेकी हुन्।  

‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन,’ उनले भनिन्, ‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ।’  

छलफलमा सहभागी जेन–जीका प्रतिनिधिले देशलाई चुनाव र सुशासन चाहिएकाले त्यहीअनुसार सरकार अघि बढ्नुपर्ने बताए। ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन। हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो। भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ जेन–जीका अगुवाले भनेका छन्। 

सुझावित समाचार