बिहीबार र शुक्रबार केही जिल्लामा भारी वर्षाको सम्भावना

बुधबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

बिहीबार र शुक्रबार केही जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बुधबार ‘मौसमसम्बन्धी चेतावनी जारी गर्दै महाशाखाले कोशी, मधेश, बागमती र लुम्बिनीका विभिन्न जिल्ला प्रभावित हुने उल्लेख गरेको छ। उच्च पहाडी क्षेत्रमा भारी हिमपातको समेत चेतावनी दिइएको छ। 

कोशी, बागमती र मधेशका सबै जिल्ला तथा दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा र नवलपुरमा पनि सतर्कता अपनाउन भनिएको छ। 

बुधबार पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली जिल्लामा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मोन्था नामक चक्रवातले शनिबारसम्म नेपालको मौसमलाई प्रभावित पार्ने भएकाले सतर्कता अपनाउन भनिएको छ। 

सुझावित समाचार