रिलायन्स स्पिनिङ मिल्ससँगको विवादमा प्राधिकरणसँग लिखित जवाफ माग

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबिचको विवादमा विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्राधिकरणको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

रिलायन्स स्पिनिङ मिल्सले २०८२ असोज १० गतेको प्राधिकरणको निर्णय, असोज १२ र १३ गतेका सूचनाहरू तथा कम्पनीलाई रकम बुझाउन माग गरिएको पत्र कार्यान्वयन नगर्न अन्तरिम माग गर्दै रिट दायर गरेको थियो।

अन्तरिम आदेशबारे निर्णयका लागि उच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ। १९ कात्तिकको अर्को पेसी तोकिएको छ।

सुझावित समाचार