नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ । ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको हो ।
गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि मंसिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो ।