सुनको मूल्य तोलामा दुई हजार नौ सय घट्यो

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य तोलामा दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ६० रुपैयाँले घटेर तोलाको दुई हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।  

सुझावित समाचार