नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले देश जलिरहेको वेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गर्नुपर्नेमा जोड दिए ।
उनले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेकोमा आश्चर्य लागेको उल्लेख गरे ।