कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासहित सिंगापुर पुगेका छन्। उपचारका लागि उनीहरू सिंगापुर गएको नेपाली कांग्रेसले जनाएको छ।
उनीहरू सोमबार राति पौने १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए। मंगलबार बिहान सिंगापुर विमानस्थलबाट स्ट्रेचरमा बाहिर निस्किएको तस्बिरहरू बाहिरिएका छन्। देउवादम्पतीसँगै उनीहरूका स्वकीय कमल रावल पनि गएका छन्। भिआइपी कक्ष बन्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्वसाधारणले प्रयोग गर्ने टर्मिनल हुँदै उनीहरू सिंगापुर गएका हुन्।
गत २४ भदौको आन्दोलनमा देउजादम्पतीमाथि घरमै आक्रमण भएको थियो। सो घटनापछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन्।