त्रिदेशीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतविरुद्ध २–० को अग्रता बनाएको छ।
पहिलो र दोस्रो दुवै हाफमा नेपालले एक–एक गोल गरेको हो। दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरिन्।
खेलको दोस्रो मिनेटमै टिमलाई अग्रता दिलाएकी भण्डारीले दोस्रो हाफको ६३ मिनेटमा फ्रिकिकमार्फत अर्को गोल गर्दै अग्रता दाेब्बर बनाएकी हुन्।
नेपाल र भारत दुवै टोली सुखद अन्त्यको लक्ष्यमा छन्। भारत पहिलो खेलमा इरानसँग २–० र नेपाल पनि इरानसँगै ३–० ले पराजित भएको थियो।