ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ सभामा भाग लिन मन्त्री घिसिङ नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका हुन्। ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०–१३ कात्तिकसम्म (२७) हुनेछ।
आइएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबिच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम तय भएको छ।