एनपिएलमा कर्णालीलाई प्लम्बर पाइप्सको साथ

सोमबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्स स्पोर्टस् प्रालिलाई स्ट्रेन्थ पार्टनरका रूपमा प्लम्बर पाइप्सले सहप्रायोजन गर्ने भएको छ । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरे र प्लम्बर पाइप्सका म्यानेजिङ डाइरेक्टर नितिन जालानबिच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजले यो कम्पनी ०७१ देखि नेपालमा ल्याएको हो । यसअघि कर्णालीले हस्पिटालिटी पार्टनरमा याक एन्ड यती तथा सहप्रायोजकमा नेबिकोसँग सम्झौता गरेको थियो । प्लम्बर पाइप्सका डाइरेक्टर जालानले कर्णालीसँग जोडिनु गौरवको विषय रहेको बताएका छन् । ‘प्लम्बर पाइप्स प्लम्बिङ प्रणालीका लागि एक प्रसिद्ध ब्रान्ड हो ।

 हामीले कर्णालीसँग प्रायोजकको हात मिलाएका छौँ,’ जालानले भने, ‘एनपिएल र कर्णालीसँग जोडिनु गर्वको पक्ष हो । यसबाहेक हामी खेलकुदको उन्नतिमा योगदान पुर्याउने आशा गर्छौँ ।’ दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक र कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेतलाई निरन्तरता दिएको छ । 

मार्की खेलाडी सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई कर्णालीले रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो । विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट, जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ ।

See More On

सुझावित समाचार