नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम साढे दुई अर्ब

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

तिहारपछि खुलेको सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.१९ अंकले बढेर दुई हजार ५९.०४ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेको छ।

आज ३१३ कम्पनीका ५५ लाख ९६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

नेप्सेका १३ समूहमध्ये पाँच समूहको सूचक बढेको छ भने आठ समूहको सूचक घटेको छ। अन्य समूह सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढ्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले उकालो लागेका छन्। घटेका समूहमा पनि एक प्रतिशतभन्दा थोरैको गिरावट देखिएको छ।

समता घरेलु लघुवित्त सर्वाधिक ८.८९ प्रतिशत बढ्दा हिमालयन पावर र नेपाल रिइन्स्योरेन्स सात प्रतिशतभन्दा धेरैले बढेका छन्। तारागाउँ रिजेन्सी होटेल र भगवती हाइड्रोपावर सात प्रतिशतभन्दा धेरैले घट्दा एसियन हाइड्रोपावर पाँच प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।
 

सुझावित समाचार