अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको क्षति बिमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रमको प्रतिवेदन बुझ्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।
मन्त्री खनालले आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षति कतैबाट कभर नभए सरकारले व्यहोर्ने बताएका हुन् । उनले हाल क्षतिको आधिकारिक तथ्यांक सरकारले संकलन गरिरहेको बताए । क्षतिको विवरण आएपछि व्यवसायीलाई सरकारबाट आवश्यक सहयोग हुने मन्त्री खनालको भनाइ छ । अहिलेसम्म आधिकारिक तथ्यांक आइनसकेको र टास्क फोर्समार्फत क्षतिको विवरण संकलनको काम भइरहेको बताएका हुन् ।