सुन तोलामा ११ हजार ६ सयले घट्यो

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलाको ११ हजार ६ सय रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार नाै सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि कात्तिक ३ गते सोमबार सुन तोलाको दुई लाख ५३ हजार पाँच सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले घटेर तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ। 

सुझावित समाचार