एल क्लासिको आज

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

बहुप्रतीक्षित एल क्लासिको भिडन्त आज रियल म्याड्रिडको घरेलु मैदान सान्तियागो बर्नाबेउमा हुँदै छ । स्पेनिस ला लिगाको दसौँ चरणको खेल चलिरहँदा रियल शीर्ष स्थानमा छ भने बार्सिलोना दोस्रो स्थानमा छ । नौमध्ये आठ खेलमा जित निकालेको रियलको २४ अंक छ । एक खेलमा पराजित बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ । यो खेल जित्ने टोलीले शीर्ष स्थानमा आफ्नो बलियो पकड बनाउनेछ । 

सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाका लामिन यमल सबैको नजरमा पर्नेछन् । १८ वर्षको उमेरमै उनले सानदार प्रदर्शन गर्दै आएका छन् । उनलाई फेरान टोरेस र मार्कुस रसफोर्ड तथा पेड्रीजस्ता खेलाडीले साथ दिनेछन् । यता, रियलको अग्रपंक्तिको जिम्मा केलियन एम्बाप्पे, जुड वेलिंघम, भिनिसियस जुनियरजस्ता खेलाडीले पाएका छन् । 

See More On

सुझावित समाचार