काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेताहरूप्रति कटाक्ष गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महानगर प्रमुख शाहले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूमाथि कटाक्ष गरेका हुन्।
तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको बताए। उनले भने, 'भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ अरूलाई एजेन्ट भन्छौ!'
जेन-जीहरूको आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको र कांग्रेसले एमालेको जलाएको बताउँदै उनले भने, 'दोष आफ्ना बालबच्चालाई दिन्छौ, चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ! लाज लाग्दैन?'