नेपाल संवत् ११४६ बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ. सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । नयाँ वर्षको यस अवसरमा नेवार समुदायले राजधानीको वसन्तपुर क्षेत्रमा सांस्कृतिक र रौनकपूर्ण कार्यक्रमसहित र्यालीको आयोजना गरेका छन्।
हेर्नुहोस् केही तस्बिरहरू :
















