लागुऔषध ब्राउन सुगरसहित पोखराबाट एकजना पक्राउ

आइतबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पोखरबाट एकजनालाई पक्राउ गरेको जनाएको छ । पोखरा महानगरपालिका–१७, घारीपाटन बस्ने २५ वर्षीय नवराज चापागाई‌ं थापालाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए। 

शनिबार राति २१ः२५ बजेतिर लागुऔषधको बिक्री-वितरण भइरहेको भन्ने सूचना पाएसँगै पुगेको प्रहरीले उनलाई घारीपाटनबाट पक्राउ गरेको हो।

प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिई खानतलासी गर्ने क्रममा उनको साथबाट तीनवटा स–सानो पुरियामा ब्राउन सुगर बरामद गरेको थियो। पछि घरकोठासमेत खानतलासी गर्दा कोठाभित्र हेल्मेट र पहेँलो रंगको बट्टामा लुकाइछिपाई राखेको १३ वटा स–सानो पुरियामा राखेको ब्राउन सुगर फेला पारेको बस्नेतले जानकारी दिए।

बरामद ब्राउन सुगरको तौल ०.९२ ग्राम रहेको छ। प्रहरीले ब्राउनसुगरसँगै नगद ९४ हजार पाँच सय र दुई थान मोबाइल बरामद गरेको जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका उनलाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। 
 

सुझावित समाचार