हमासको कब्जामा मारिएका नेपाली नागरिक विपिन जोशीप्रति आज इजरायलको तेलअभिभमा सम्मानपूर्वक अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
श्रद्धाञ्जली समारोहमा नेपाली दूतावासका उच्च अधिकारीहरू, इजरायलका प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, साथै हमासको आक्रमणअघि विपिन र उनका साथीहरूलाई आश्रय दिएका किबुज अलुमिमका सदस्यहरू उपस्थित थिए।
समारोहमा विपिन जोशीको इजरायलमा रहँदाको योगदान र उनकाे आत्मबलको उच्च प्रशंसा गरिएको थियो। नेपाली दूतावासका प्रतिनिधिहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरे।
जोशीको शव भोलि दिउँसो २ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको नेपालका लागि इजरायली राजदूत स्मुलिक ए. बासले जानकारी दिए।
प्रधानमन्त्री सुशीला कार्की सोमबार विमानस्थल पुगेर जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिने कार्यक्रम छ।