सर्लाहीको रविचोकबाट शंकास्पद बिलबिजकसहित दुईवटा ट्रक नियन्त्रणमा

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

जिल्लाको बरहथवा नगरपालिका– ९, रविचोकबाट कात्तिक १ गते सशस्त्र प्रहरीले शंकास्पद बिलबिजक भएको ३२ लाख ८९ हजार रुपैयाँबराबरको नास्पातीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

म.प्र.०३.००२ ख ३६४१ र प्र. १.०१.००१ख ४४०१ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको नास्पातीको बिलबिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो ।

साथै उक्त ट्रकका चालक सोही ठाउँ बस्ने देव श्रेष्ठ र भीमबहादुर उप्रेतीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको विशेष अनुगमन टोलीले सुरक्षा बेस सुन्दरपुर चोहर्वासमेतको सहयोगमा  नियन्त्रणमा लिएको हो । सो नास्पाती भारततर्फ लैजान लागिएको आशंका गरिएको छ ।

डिएसपी शैलेन्द्र थापाका अनुसार नियन्त्रणमा लिइएका दुवैजनालाई बरामद नास्पाती तथा ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

उक्त नास्पातीको मूल्य ३२ लाख ८९ हजार र दुवै ट्रकको मूल्य ५० लाखसहित भन्सार दाखिला मूल्य जम्मा ८२ लाख ८९ हजार रुपैयाँ कायम गरी बुझाइएको छ ।  

सुझावित समाचार