सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौं, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबिच बैंकका ग्राहकलाई विशेषज्ञ उपचार सेवामा छुट दिने सम्झौता भएको छ । यसअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले उक्त हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । साथै, डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।
बैंकले देशभरका दुई सय शाखा, एक सय ६९ एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।