खोलामा डुबेर दाजुभाइको मृत्यु

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

रौतहटको शिवनगरको झाझखोलामा आज शनिबार दिउँसो नुहाउन गएका एकैघरका दुई बालक दाजुभाइको डुबेर मृत्यु भएको छ।

गरुडा न.पा.–५ शिव मन्दिरस्थित झाझखोलामा नुहाउन गएका देबाही गुनाही नगरपालिका वार्ड नं. ३ घर भई शिवनगरमा बस्दै आएका संजीव साहका १० वर्षीय छोरा निरज साह र संजीव साहको दाइ राजकिशोर साहको १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

दुवै बालक झाझखोलामा डुबेको अवस्थामा स्थानीयले देखी उद्धार गरी शिवनगरस्थित संजीवनी अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। केही दिनअगाडि गौरमा एकै स्थानमा ३ जना बालिकाको डुबेर ज्यान गएको थियो।

सुझावित समाचार