राष्ट्रपति, प्रधानमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक सकियाे

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक शीतलनिवासमा सकिएको छ।  राष्ट्रपतिको पहल र प्रधानमन्त्रीज्यूको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरूको उपस्थिति थियो ।

बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो।सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराए। अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू पनि प्रस्तुत गरे । 
 

सुझावित समाचार