मानिसलाई आक्रमण गर्ने चितुवा खोरमा

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

बर्दियामा मानिसलाई आक्रमण गर्ने चितुवा खोरमा परेको छ। बारबर्दिया नगरपालिका- ११ रहेको जनजागृति सामुदायिक वनमा राखिएको खोरमा चितुवा परेको हो। चितुवाको आक्रमणबाट असोज २४ गते शुक्रबार बारबर्दिया नगरपालिका- १०, डफैयाकी ४५ वर्षीया जुना चौधरी घाइते भएकी थिइन् भने असोज २८ गते मंगलबार बारबर्दिया नगरपालिका- ११, विजयनगरका ४६ वर्षीय भदुवा थारू घाइते भएका थिए। 

चितुवालाई नियन्त्रण गर्नका लागि डिभिजन वन कार्यालय जनजागृति सामुदायिक वनमा खोर राखेको थियो। जनजागृति वनमा राखेको वनमा राखिएको खोरमा भाले चितुवा परेको डिभिजन वन कार्यालय वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए। उनले भने, ‘आज बिहान साढे चार बजेको समयमा चितुवा खोरमा परेको हो। चितुवालाई अहिले वन कार्यालयमा राखिएको छ।’
 

See More On

सुझावित समाचार