कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित जगदीशपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा शुक्रबार राति एक युवकको मृत्यु भएको छ।
जगदीशपुरबाट बनगाई जाँदै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा बाणगंगा नगरपालिका वडा नम्बर ९, भलवाडका रमेश आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
मृतकको शवलाई अहिले पिपरा अस्पताल राखिएको छ।
त्यस्तै, मोटरसाइकलमा सवार अर्का सुजन सुनारको अवस्था गम्भीर रहेको बताएको छ। घाइते सुनारको बुटवलस्थित सनराइज इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको बताइएको छ।