नवलपुरमा राति ९ बजेपछि देउसीभैली खेल्न प्रतिबन्ध

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

नवलपुरमा राति ९ बजेपछि देउसीभैली खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी शान्तिसुरक्षा कायम राख्न राति ९ बजेसम्म मात्र देउसी भैली खेल्न पाउने गरी व्यवस्था मिलाइएको जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालय  नवलपुरद्वारा जारी सूचनामा भनिएको छ – शान्तिपूर्ण वातावरणमा सुरक्षित, मर्यादित र सुसंस्कृत तरिकाले सामाजिक सद्भाव कायम गरी चाड पर्व मनाउन अनुरोध गरिएको छ । प्रशासनले राति ९ बजेदेखि देउसी भैली खेल्न प्रतिबन्ध लगाउनुका साथै तिहारमा भइचम्पा,पटका,अतासबाजीजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री-वितरण र ओसारपसार नगर्न नगराउन पनि भनेको छ । 

त्यसैगरी, जुवातास खेल्न प्रतिबन्ध लगाएको छ भने प्रचलित कानुनबमोजिम मादक पदार्थ बिक्री- वितरण नगर्न नगराउन र मादक पदार्थ सेवन गरी सामाजिक सुरक्षामा खलल नपुर्याउन पनि अनुरोध गरेको छ ।

सुझावित समाचार