- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको कात्तिक १ गते शनिबारदेखि ७ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । महत्वपूर्ण सामान हराउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेछ । धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । पितृधनबाट फाइदा उठाउन सकिनेछ । अकस्मात् आम्दानी गरिएको धन नाश हुने सम्भावनासमेत छ । आलोचनाबाट बच्नुपर्नेछ । साताको अन्त्यमा आत्मबल बढ्नेछ । मातापितासँग सम्बन्ध सुमधुर रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैले लिन सक्नेछन् । कर्मयोगका थप बाटा अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् । प्रतिस्पर्धीलाई उछिन्ने मौका छ । सप्ताहान्तमा पारिवारिक झमेला, काममा बाधा आउला, सचेत हुनुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुरुमा प्रशस्त आम्दानीका योग भए पनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर जाने योग छ । वैदेशिक कामले पूर्णता पाउनुकासाथै प्रियजनसँग भेट हुनेछ । दाम, इनाम र प्रतिष्ठा मिल्नेछ । प्रशंसकहरू थपिएर जानेछन् । काममा पनि उत्साह थपिनेछ । साताको अन्त्यमा भाग्यले सोचेअनुसार साथ दिनेछ । पारिवारिक धार्मिक भ्रमणको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सभासमारोहमा सहभागी बन्ने मौका मिल्ने छ । आम्दानीका मार्ग खुला रहनेछन् । चिन्तन महत्वपूर्ण बन्न सक्छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । बुधबारपछि घरमा मांगलिक कृत्य सम्पादन गर्ने समयसमेत देखिएको छ । साताको अन्त्यमा शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । खर्चको मात्रा बढ्ला । प्रियजनसँग भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । साताको अन्त्यमा लामो समयपछि चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । विशेष लाभको योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्वान् र प्राज्ञिक व्यक्तिबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउँदा शुभ हुनेछ । बुधबारपछि व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । सप्ताहान्तमा साथीहरूसँग मनोरञ्जन गर्ने अवसर जुर्नेछ । स्थितिमा सुधार आउला । पारिवारिक भेटघाटको अवसर मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने मौका छ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलंकार आदि खरिद गर्ने योग छ । पशुपालक र दुग्ध व्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्नेछन् । बुधबारपछि परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गा–जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धार्मिक र सामाजिक काममा जुट्नुपर्नेछ । सुनचाँदीजस्ता धातुको कारोबारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । बिहीबारपछि सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने र महत्वपूर्ण जिम्मेवारीसाथ नयाँ कार्यको थालनी हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा भने अलि कम मात्र फाइदा होला । तापनि, प्रशस्त धन आर्जन गर्ने मौका छ । विनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पन्न हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पन्न हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समाजको नेतृत्व वहन गर्नुपर्नेछ । खाद्यान्नका परिकार तथा मेवा–मिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । टाढाको यात्रा हुने सम्भावना छ ।