च्यासल फुटबल मैदानको मर्मत सुरु

शुक्रबार, ३१ असोज, २०८२
डिजिटल संस्करण

ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत कार्य सुरु भएको छ। यही असोज तेस्राे साता परेको भारी वर्षाका कारण मैदानमा क्षति पुगेको थियो।

क्षतिबारे बुझ्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मैदानको स्थलगत निरीक्षण गरेका थिए। सोही क्रममा सदस्यसचिव घिसिङले तत्काल मर्मत कार्य सुरु गर्न ग्राउन्ड स्टाफलाई निर्देशन दिएका थिए।

‘पहिले मैदानको खेल हुने भागलाई प्राथमिकता दिएर मर्मत कार्य सुरु गर्नुहोला,’ सदस्यसचिव घिसिङले भने, ‘त्यसपछि अन्य भागको काम थाल्नुस्।’

निरीक्षणका दौरान च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले क्षतिको विवरणबारे सदस्यसचिव घिसिङलाई अवगत गराएका थिए।

सुझावित समाचार