स्वास्थ्य बिमा नवीकरण गर्दा थप शुल्क नलाग्ने

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

स्वास्थ्य बिमा नवीकरण गर्दा थप शुल्क नलाग्ने भएको छ ।  स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दैै बिमितले बिमा गर्न ढिलो गरेको भए थप शुल्क नलाग्ने जानकारी गराएको छ ।

बोर्डका अनुसार यो वर्ष नवीकरण गर्न बाँकी संख्या अत्यधिक भएकाले बिमितको सहजताका लागि जरिवाना शुल्क स्थगित गरेको हो । बिहीबार बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको थियो ।

‘स्वास्थ्य बिमा बोर्डबाट ’स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकको बिमालेख नवीकरण गर्नेसम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनका लागि स्वीकृत भएकोमा हालको विकसित परिस्थिति तथा चोर्डलाई आवश्यक संरचना तयार गर्न थप समय लाग्ने भएकाले उक्त कार्यविधिअन्तर्गतको लक्षित वर्ग नवीकरण तथा म्याद गुजारी नवीकरण गर्ने बिमितको हकमा लाग्ने थप शुल्कलगायतका नयाँ व्यवस्था अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यान्वयन नगर्नु नगराउनुहुन बाेर्डको मिति २०८२/०६/३० को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

बोर्डले यसअघि भदौमा सूचना जारी गर्दै असोज मसान्तभित्र बिमा नवीकरण नगरे जरिवाना लाग्ने बताएको थियो । तर, बिमितलाई असहज परिस्थितिमा सहज बनाउन बोर्डले उक्त निर्णय फिर्ता लिँदै बिमा नवीकरणको थप शुल्क हटाएको हो ।

सुझावित समाचार