ओलीलाई उषाकिरणले भनिन्– यहाँले बिदा लिएर अभिभावक बन्नेबित्तिकै देशभर सकारात्मक सन्देश जान्छ

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी ओलीलाई अध्यक्षबाट बिदा लिन आग्रह गरेकी छिन् । जावलाखेलमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा उनले अध्यक्षलाई  बिदा लिएर अभिभावक बन्न अनुरोध गरिन् । अध्यक्षले यसो गर्नेबित्तिकै देशभर सकारात्मक सन्देश जाने उनको भनाइ छ । 

उनले सूर्य चिह्नमा चुनाव को–को र कस्ता प्रतिगामीहरू उठे ? भनेर सम्झन पनि आग्रह गरिन् । उनले भनिन्, ‘दुर्गा प्रसाईंजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायो ? तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईंलाई भित्र्याउँदै गर्दा को–को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसकाबारे यहाँ कसैले–कसैलाई जवाफ दिनुपर्दैन ? आत्मालोचना गर्नुपर्दैन ?’

तिम्सेनाले मीनबहादुर गुरुङको सम्पत्तिमाथि हमला हुँदा धेरै क्षति भएकाले उनको सहयोग स्वीकार नगर्ने निर्णय गरौँ भन्ने सुझाव दिइन् । 

सुझावित समाचार