नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी छ । पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्ने कार्यसूची तय भएको छ ।
पहिलो र दोस्रो दिन दुई सय केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।