प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी सरुवा गरेको छ । धनुषामा कार्यरत एसपी नरहरी रेग्मीलाई हटाएर रुगम कुँवर तथा रौतहटमा कार्यरत नेत्रमणि गिरीलाई हटाएर रबिन कार्कीलाई काज सरुवा गरिएको छ ।
दुवै जिल्लाका एसपीको कार्यसम्पादन राम्रो नभएको रिपोर्टका आधारमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यसम्पादन कमजोर भएकाहरुलाई हटाउन प्रहरी महानिरीक्षकलाई अधिकार दिएका छन्।