आगामी वर्ष हुने टी–२० विश्वकप खेल्ने नेपालसहित २० टोली टुंगिए, जापानलाई हराउँदै युएई छनोट

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

आगामी वर्ष भारत र श्रीलंकामा हुने आइसिसी मेन्स टी–२० विश्वकप खेल्ने नेपालसहित २० टोलीकै टुंगो लागेको छ। १७ टोली यसअघि नै टुंगिएकोमा एसिया तथा पूर्वी एसिया प्यासिफिकबाट सहभागी हुने तीन टोलीको टुंगो लागेको हो। जसमा नेपाल, ओमान र युएई छनोट भएका छन्। 

ओमानमा भइरहेको क्वालिफायर खेलमा बिहीबार जापानलाई हराउँदै युएईले विश्वकप यात्रा सुनिश्चित गरेको हो। छनोटको आफ्नो अन्तिम खेलमा जापानलाई सहज रूपमा ८ विकेटले हराएर युएईले विश्वकपको टिकट काटेको हो। नेपाल र ओमान भने दुई खेलअघि नै बुधबार छनोट भएका हुन्। 

टी–२० विश्वकप खेल्ने २० टोली

१.भारत 
२.श्रीलंका 
३.अस्ट्रेलिया 
४.बंगलादेश
५.इंग्ल्यान्ड
६.न्युजिल्यान्ड
७.अफगानिस्तान 
८.दक्षिण अफ्रिका 
९.वेस्ट इन्डिज 
१०.पाकिस्तान 
११.आयरल्यान्ड
१२.क्यानडा
१३.इटाली
१४.नेदरल्याड्स 
१५.नामिबिया 
१६.जिम्बावे
१७.अमेरिका 
१८.नेपाल 
१९.ओमान 
२०.युएई

सुझावित समाचार