मुख्यमन्त्री सिंहसहित दुईजना प्रदेश सांसदले गरे जनस्वराजको पक्षमा सनाखत

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई प्रदेश सांसदले नयाँ पार्टी जनस्वराजको पक्षमा सनाखत गरेका छन्।मुख्यमन्त्री सिंहसहित जनमतका पूर्वमन्त्री त्रिभुवन साहले निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।

मुख्यमन्त्री प्रदेश निर्वाचन कार्यालयमा पुग्दा जनमतका कार्यकर्ताहरूले विरोध गरेका थिए। उनीहरूले मुख्यमन्त्री सिंहलाई निर्वाचन कार्यालयमा प्रवेश गर्न नदिने भन्दै बाटो अवरुद्ध गरेपछि प्रहरीसँग सामान्य झडपसमेत भएको छ ।

मुख्यमन्त्रीलाई  निर्वाचन कार्यालय प्रवेश गर्न अवरोध भएपछि नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरूले सहयोग गरेका छन्। मुख्यमन्त्री सिंह अहिले निर्वाचन कार्यालयमै  छन् ।

सुझावित समाचार