प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले दलहरूको राय माग गरेका छन्।बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।
यसका लागि उनले विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्।
सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाएका छन्।
बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ।