कतारले आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालविरुद्ध टस जितेको छ। सोमबार ओमानको अल अमेरातमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन्। योसँगै नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ।
प्रशिक्षक स्टुआर्ट लले खेलमा एक परिवर्तन गरेका छन्। स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर आदिल आलमलाई अवसर दिएका छन्।
अन्य १० खेलाडीले भने निरन्तरता पाएका छन्।
नेपाल सुपर सिक्समा लगातार दोस्रो जितको निकाल्ने योजनामा छ। पहिलो खेलमा आइतबार युएईलाई १ रनले हराएको थियो।
आजको खेल जिते नेपालको विश्वकप यात्रा एकदमै नजिक हुनेछ।