उदयपुरमा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका– २, मोथिहाईमा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मोथिहाईस्थित कच्ची भित्री सडकमा म.प्र. ०१–००१ त २५६४ नम्बरको ट्राक्टरले ठक्करबाट पैदलयात्री सोही स्थानका वर्ष ७९ की तेत्रीदेवी चौधरीको मृत्यु भएको हो ।

मृतक चौधरीको ट्रयाक्टरले ठक्कर दिन साथ तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याएकोमा अस्पतालमै मृत्यु भएको दोङको भनाइ छ ।  

ठक्कर दिने ट्राक्टरचालक सोही स्थानकै वर्ष २४ को धर्मेन्द्र राजधामी तत्काल फरार रहेकोले खोजतलास भइरहेको र ट्रयाक्टर मालिक ४० का रामनिवास राजधामीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रण राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 

सुझावित समाचार