युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

आइसिसी पुरुष टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले युएईविरुद्ध टस जितेको छ। आइतबार नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

योसँगै युएईले सुरुमा बलिङ गर्ने भएको छ। यो खेलमा नेपालले कुनै पनि परिवर्तन गरेको छैन।

नेपाल र युएई समूह विजेताको रूपमा सुपर सिक्समा पुगेका हुन्। नेपालले पहिलो खेलमा  कुवेतलाई र दोस्रो खेलमा जापानलाई हराएको थियो।

सुपर सिक्सकै बलिया यी दुवै टोली सुपर सिक्समा पहिलो जित निकाल्ने दाउमा छन्। आज खेल जित्ने टोलीले विश्वकपमा स्थान बनाउने सम्भावना उच्च बनाउनेछ।

सुझावित समाचार