डा. पोखरेलको ‘अन्त्यारम्भ’ कथासंग्रह प्रकाशित

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासंग्रह प्रकाशित भएको छ।

संग्रहमा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्यमान्यता, मानवताको ह्रास, राजनीतिक विकृति, विसंगति, सामाजिक झिनाझम्टी, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम परिस्थितिहरूको उठान गरिएका छन्। कल्पनाभन्दा बढी भोगाइ, असामाजिक लाग्ने यथार्थ र समाजका कुरीतिप्रति व्यंग्यात्मक प्रहार गरिएका कथाहरूमा यौनका बाछिटा, केही प्रेमका मिठास, केही राजनीतिका धब्बा, केही छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, केही लोभ र केही पापका पाटाहरू समाविष्ट छन्।

२१ वटा कथा समेटिएको कथासंग्रह सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो। पोखरलेको यो नवौँ कृति र दोस्रो कथासंग्रह हो। यसअगाडि पोखरेलको धोको (२०५६) प्रकाशित भएको थियो।

सुझावित समाचार