नेपाल जेसिजले कञ्चनपुरका तीन प्रभावशाली युवा(व्यक्तित्व)हरूलाई सम्मान गरेको छ। शुक्रबारदेखि महेन्द्रनगरमा सुरु भएको जेसिजको क्षेत्र(घ) सम्मेलनमा जिल्लाका तीन प्रभावशाली व्यक्तित्वलाई सम्मान गरेको हो।
महेन्द्रनगर जेसिजका अध्यक्ष राजेन्द्रप्रसाद अवस्थीले माइती नेपालकी जिल्ला संयोजक महेश्वरी भट्ट, लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल एव बाैद्धिक व्यक्तित्व श्यामसिंह मौनी र मदन पुरस्कार विजेता नरबहादुर साउदलाई सम्मान गरेको बताए। भट्ट, मौनी र साउदलाई दोसल्ला, प्रमाणपत्र, फूलमालाका साथै मायाको चिनो दिएर सम्मान गरिएको छ।
माइती नेपाल कञ्चनपुरकी संयोजक एवं महिला अधिकारकर्मी भट्टले भारतलगायत विदेशमा समेत बेचिएका चेलीबेटीहरूको उद्धार गरेर समाजिक काम गरेको, मौनीले शैक्षिक क्षेत्रको स्तर बृद्धि समाजिक काम गरेको र साउदले कृषि समाजिक क्षेत्रको बृद्धि विकासमा योगदान पुर्याएको आधारमा सम्मान गरिएको बताए।
सम्मानित त्रय व्यक्तित्व भट्ट, मौनी र साउदले थप समाजिक उत्तरदायित्व थपिएको बताएका छन्। यसअघि पनि उनीहरू सामाजिक, शैक्षिक, कृषिलगायतका विविध क्षेत्रबाट सम्मान, पुरस्कार पाइसकेका थिए।