राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार दिउँसो त्रिभुवन विश्वविद्यालय अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा भर्ना गरिएको छ।

राष्ट्रपतिलाई भर्ना गरिएपछि सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार अवस्था सामान्य छ। अहिले स्वास्थ्य परीक्षण भइरहेको छ, हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

उपचार प्रक्रियाबारे जानकारी दिँदै सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले राष्ट्रपति पौडेलको अवस्था स्थिर रहेको जनाएका छन्। अहिले उनको चिकित्सकको निगरानीमा नियमित परीक्षण भइरहेको गजुरेलले बताए।

सुझावित समाचार