प्रधानमन्त्री कार्की र जेन-जी पुस्ताका प्रतिनिधिबिच शीतलनिवासमा अनौपचारिक छलफल, राष्ट्रपति अस्वस्थ

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि प्रधानमन्त्री सुशीला कार्की र नवयुवा (जेन-जी) पुस्ताका प्रतिनिधिबिच शीतलनिवासमा अनौपचारिक छलफल भइरहेको छ। राष्ट्रपति पौडेलले शनिबार बिहान १० बजे जेन-जी प्रतिनिधि र सरकारसँग छलफल गर्ने तय गरे पनि उनी अस्वस्थ भएपछि प्रधानमन्त्रीले छलफल गरिरहेकी छिन्।

शुक्रबार राष्ट्रपतिले सरकारसहित प्रमुख राजनीतिक दलको बैठक राखेका थिए। ‘राष्ट्रपतिलाई अलिकति बिसन्चो भयो। जेन-जी प्रतिनिधिहरूसँगको छलफल सोमबार अपराह्नलाई सारिएको छ, प्रधानमन्त्री र जेन-जी पुस्ताका प्रतिनिधिले अनौपचारिक छलफल गरिरहनुभएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। 

छलफलमा जेन-जी पुस्ताका सुधन गुरुङ, ओजश्वीराज थापा, निकुन्ज भण्डारी, मिराज ढुंगाना, प्रवेश दाहाल, जितेन्द्र शाह, पुरुषोत्तम यादव, प्रशान्त पौडेल, अंकित अधिकारी, अभिशेक श्रेष्ठ, जुनल गदाल,  अर्जुन शाही, रक्षा बम, प्रदीप ज्ञवाली, युजनराज भण्डारी, आदित्य कर्ण, आकृति घिमिरे, मोनिका निरौला, ओजस्वी भट्टराई  र रिजन रानामगर सहभागी छन्।
 

सुझावित समाचार