अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई निषेध गरेर जान नसकिने प्रस्ट पारेकी छिन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा प्रधानमन्त्री कार्कीले दलहरूले पनि परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताइन् ।
प्रधानमन्त्रीले जेन–जीहरू हामीहरू सबैको छोरा–नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेकी थिइन् ।