नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनतामा ठुलो संकट पैदा भएको बताएका छन् ।
आज सम्पादकहरूसँगको छलफलमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘राष्ट्रिय स्वाधीनतामा यति ठुलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठुलो चुनौती पहिले कमै थियो ।’ उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।